केन्द्रकाे सहमति उल्टियाे, कर्णालीकाे मुख्यमन्त्रीमा शर्मा र कँडेलबीच आलोपालोकाे सहमति

कर्णाली प्रदेश प्रमुखसामु मुख्यमन्त्रीमा दाबी पेश गर्न  एक घण्टा मात्रै बाँकी रहेको समयमा  माओवादी केन्द्र र नेकपा एमालेबीच आलोपालोकाे सहमति भएको छ । केन्द्रले पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको छ ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् । अन्ततः झण्डै सात वर्ष पछि नेता कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने सहमति भएको हो । 

यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजको केही समयभित्र प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्नेछन् ।





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार १६:४८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया