जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिद्वारा आयोजित प्रतिनिधिसभाका सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
‘विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न संघीय प्रणालीलाई सुदृढ गर्न सकिन्छ,’ यादवले भने ।
फरक प्रसंगमा अध्यक्ष यादवले संसदमा कुनै खालको तमासा बाँकी नरहेको समेत बताए । ‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने पार्टी सरकारको नेतृत्वमा छ यो भन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ?’ उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।