मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलका लागि बिहीबार सत्ता साझेदार दलको बैठक

बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने भएको छ । बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने विषयमा सहमति भएको हो । 

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार ओली निवास बालकोट पुगेका थिए । बालुवाटार स्रोतका अनुसार भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको र बिहीबार साझेदार दलको बैठक बसेर आवश्यक निर्णय लिनेगरी समझदारी भएको छ ।

बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने तय भएको तर समय भने तय हुन बाँकी रहेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । 

प्रधानमन्त्री तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ भन्ने पक्षमा रहेकाले सो बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्ने विषयमा छलफल हुने उनको भनाइ छ ।





  • प्रकाशित मिति : पुस २७, २०७९ बुधबार २१:१७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया