कन्वेको शतकमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डको सानदार जित

पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाहुना टोली न्युजिल्याण्ड ७९ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा आएको छ ।

पहिलो खेलमा न्युजिल्याण्ड आठ विकेटले पराजित भएको थियो । पाकिस्तानले एक खेल अगावै सिरिज जित्ने मौका गुमायो । गएराति सम्पन्न खेलमा न्युजिल्याण्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८२ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान बाबर आजमले ११४ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ७९ रन बनाए । त्यस्तै, मोहम्मद रिजवानलले २८, अघा सलमानले २५, उस्मा मीरले १२, हरिस सोहेल र मोहम्मद वसिमले १०/१० रन जोडे ।

न्युजिल्याण्डका लागि इश सोढी, टिम साउथीले दुई/दुई, ग्लेन फिलिप्स, माइक ब्रेसवेल, मिचेल सान्टनर र लकी फर्गुसनले एक/एक विकेट लिए ।  

कराँचीस्थित नेसनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनायो । उसका लागि ओपनर डेभन कन्वेले शतकीय पारी खेले । ९२ बलको सामना गरेका उनले १३ चौका र एक छक्कासहित १०२ रन बनाए । एकदिवसीयमा कन्वेको यो दोस्रो शतक हो । 

त्यस्तै, कप्तान केन विलियम्सनले १ सय बलमा १० चौकाको मद्दतमा ८५ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नवाजले १० ओभरमा ३८ रन दिएर सर्वाधिक चार विकेट लिए ।



त्यस्तै, नसीम शाहले तीन, हरिस रौफ र उस्मा मीरले एक/एक विकेट लिए । पाकिस्तान र न्युजिल्याण्डबीचको निर्णायक तथा तेस्रो खेल बिहीबार हुनेछ । 



  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ७:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया