रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा
फरकधार / २८ पुस, २०७९

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । 



खेलको ३९ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, रियलको अग्रता दोस्रो हाफको सुरुवातमै तोडियो । ४६ औं मिनेटमा स्यामुएल लिनोले गोल गर्दै भ्यालेन्सियालाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलियो । पेनाल्टीमा रियलका करिम बेन्जिमा, टोनी क्रुस, लुका मोड्रिच र मार्को एसेन्सियोले गोल गरे ।



भ्यालेन्सियाका एडिन्सन काभानी, मोरिबा र हुगो गुइलामोनले मात्र गोल गर्न सके । रियलले अब उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 
 



  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ९:१८:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया