सुदूरपश्चिमका मुख्यमन्त्री रावलले शपथ लिँदै, आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ लिन लागेका हुन् । 

रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ खुवाउने कार्यक्रम छ । संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

रावलले आज नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनी सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुईजना मन्त्री बनाउने तयारीमा छन् ।

मन्त्रीहरूको नाम भने टुंगो लाग्न बाँकी छ । मन्त्रीको नाम टुंग्याउन दलहरू छलफलमा व्यस्त छन् । 

रावल नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । जसमध्ये नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ ।  





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार ९:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया