लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लीला गिरीले बिहीबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
त्यस्तै दुई जना बिना विभागीय मन्त्रीहरूले पनि शपथ लिएका छन् । नेकपा माओवादीकी कृष्णा केसी र एमालेका चेतनारायण आचार्यले पनि पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मन्त्री छनौटका विषयमा नेकपा माओवादीभित्रको आन्तरिक सहमति हुन नसक्दा कृष्णालाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाइएको हो । आचार्यलाई पनि बिना विभागीय मन्त्रीका रूपमा शपथ दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।