प्रधानमन्त्री दाहाल र जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता

नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । जर्मन राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार उक्त अवसरमा प्रधानमन्त्री दाहालले जर्मनीको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए।

राजदूत प्रिन्सले संसदबाट बहुसंख्यक सांसदको समर्थन पाएकामा प्रधानमन्त्री दाहाललाई बधाई पनि दिएका थिए।

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैँ अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वाससमेत व्यक्त गरेका थिए। 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १७:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया