प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्नका लागि ओली बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री र ओलीबीच छलफल भएकाे हाे । गठबन्धनमा आबद्ध अन्य दलसँगको संयुक्त बैठकअघि प्रचण्ड र ओलीबीच छुट्टै छलफल भइरहेको छ ।

ओली भेट्न प्रधानमन्त्री दाहाल बुधबार साँझ पनि बालकोट पुगेका थिए । प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १७:१७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया