सुदूरपश्चिमका मुख्यमन्त्रीसहित दुईमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलसँगै दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
 
प्रदेश प्रमुख देवराज जोशीले बिहीबार रावललाई मुख्यमन्त्री तथा मन्त्री पदमा माओवादीको तर्फबाट खगराज भट्ट र एमालेको तर्फबाट सन्तोष थापा शर्मालाई शपथ गराएका हुन् ।
 
सुदूरपश्चिममा बुधबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए । नेकपा एमालको कोटाबाट मुख्यमन्त्री बनेका रावललाई एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । 

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो–पालो गर्ने सहमति भएको थियो । नवनियुक्त मन्त्रीद्वयको कार्यविभाजन भने गरिएको छैन । 

माओवादी केन्द्र र एमालेबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लागेको छैन । दुवैजना तत्काल विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

 

 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १७:३८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया