सुदूरपश्चिममा एक मत बदर भयाे, सभामुख चुनिएनन्

सुदूरपश्चिम प्रदेशमा सभामुखका लागि भएको निर्वाचनमा एक मत बदर भएपछि सभामुख चयन हुन सकेन । सत्तापक्षका नेकपा माओवादीको तर्फबाट भीमबहादुर भण्डारी र विपक्षबाट नेपाली काँग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा भएको हो ।

सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीका लागि एक मत अपुग भएको हो ।  भण्डारीले २६ मत पाएका हुन  ।  एक मत बदर भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुखमा भण्डारीको पक्षमा २६ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो । प्रदेश सभामा ५३ जना सदस्य रहेको भए पनि ५० मत खसेको थियो ।

नेकपा एमालेका चक्र मल्ल निर्धारित समयमा प्रदेश सभा भित्र पस्न सकेनन् भने नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी प्रदेश सभामा उपस्थित नै भएनन् । सभामुखको लागि सुदूरपश्चिम प्रदेश सभा सदस्यका २७ जनाको मत आवश्यक पर्छ ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १९:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया