सत्तागठबन्धनबीच भागबण्डा लगभग टुंगियो, कुन दललाई कति मन्त्रालय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनलगायतमा लगभग सहमति भएको छ ।  

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

यसअघि बुधबार दुई नेताबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । सो भेटकै निरन्तरता स्वरुप बिहीबार पनि भेटवार्ता भएको हो । 

संघीय मन्त्रालयको भागबण्डाबारे छलफलका लागि प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजेका लागि सत्तागठबन्धनको बैठक बोलाएका थिए । गृहमन्त्रीलगायत केही मन्त्रीहरुको व्यस्तताका कारण गठबन्धनको बैठक बस्न सकेको थिएन ।  

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली बसेर मन्त्रालय भागबण्डा लगभग टुंगो लगाएका छन् । दुवै नेताको सचिवालयका अनुसार मन्त्रालय भागबन्डामा करिब–करिब सहमति जुटेको छ ।

जसअनुसार एमालेले ९, माओवादी केन्द्रले ५, रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ४, जसपाले ३, जनमत र नाउपाले २–२ मन्त्रालय पाउने भएका छन् ।






  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार २०:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया