गण्डकीमा साढे २ वर्षपछि मुख्यमन्त्री पाउने माओवादीको दाबी

गण्डकीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमानले साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । 

सुरुमा पनि मुख्यमन्त्री दाबी गरेको चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा गएका छन् । उनले मुख्यमन्त्री खगराज अधिकारीसँगै विनाविभागीय मन्त्रीको रुपमा सोमबार शपथ लिएका हुन् । 

चुमानले २ वर्षपछि मुख्यमन्त्री बन्ने तयारीका साथ सरकारमा गएको बताएका छन् । ‘पहिलोपटक एमालेका संसदीय दलका नेतालाई दिने भन्ने निर्णय आएपछि खगराज जी मुख्यमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘यो भनेकै आलोपालोको कुरा हो । त्यही कुरा आएको छ, अहिले अझै स्पष्ट भएर आएको छ । नेतृत्वले पनि केन्द्रमा आलोपालो भन्ने मानसिकता बनाएको छ ।’ 

चुमानले सरकारलाई सफल बनाउनका लागि दलको नेता जानुपर्छ भनेर आफू सरकारमा गएको दाबी गरे । ‘म सरकारमा जाँदा भोलि माओवादीलाई पालो आउँदा मुख्यमन्त्री बन्न कुनै बाधा हुँदैन । हाम्रो नेतृत्वसँग सम्पर्क गरिरहेका छौँ । उहाँले आलोपालो होइन भन्नुभएको छैन,’ उनी भन्छन्, ‘अरु पनि प्रदेशमा आलोपालोको कुरा भइरहेको छ । त्यसले गर्दा गण्डकीमा पनि आलोपालो स्वाभाविक हो ।’ 

चुमानले मुख्यमन्त्रीपछिको प्रमुख मन्त्रालय आफूले पाउने बताएका छन् । ‘हामी संयुक्त मोर्चामा रहेका दलहरुबीच छलफल हुने र नेताहरुले टुंग्याउने कुरा हो । मुख्यमन्त्री पछिको दोस्रो मन्त्रालय स्वाभाविक रुपमा हाम्रो भागमा पर्छ,’ चुमान थप्छन्, ‘अहिले १२ मन्त्रालय छ, त्यो घट्दै छ । कति मन्त्रालय बन्छ र संरचना के हुन्छ भन्ने टुंगिएको छैन । तर, दोस्रो मन्त्रालय माओवादीको भागमा पर्छ ।’ 

उनका अनुसार अर्थ वा भौतिकमध्ये १ मन्त्रालय रोजेर माओवादीले पाउनेछ । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार २१:२४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया