प्रहरी प्रधान कार्यालयले २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ । प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि हेरफेर गरेको छ।
काठमाडौंमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्कीको सरूवा भएको छ। उपत्यका अपराध अनुसन्धानमा भने मनोजकुमार केसीको सरूवा भएको छ।
हालसम्म प्रहरी महानिरीक्षकको सचिवालयमा भरत बोहरा र उपत्यका अपराध अनुसन्धानमा जनक भट्टराई कार्यरत थिए । उनीहरु दुवैले कमान्ड सम्हालेको एक वर्ष पनि पुगेको छैन ।
बोहरालाई प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा र भट्टराईलाई प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा सरूवा गरिएको छ।
प्रहरी प्रदेश कार्यालय भैरहवा रूपन्देहीमा रहेका सिद्धिविक्रम शाहको ललितपुर परिसरमा सरूवा भएको छ।
ललितपुरका यज्ञविनोद पोखरेलको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सरूवा भएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख रहेका अनुरागकुमार द्विवेदीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा सरूवा भएको छ ।
उनको स्थानमा जीवनकुमार श्रेष्ठको सरूवा भएको छ। श्रेष्ठ प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा कार्यरत थिए ।
प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो मात्रै १७ डिआइजीहरुको सरुवा गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।