सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउन क्यानले थाल्यो तयारी

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टिममा फर्काउने तयारी थालेको छ । बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेशसँगै क्यानलाई सन्दीपलाई टोलीमा फर्काउनका लागि तयारी थालेको हो । 

सन्दीपसँग छलफल गरेर अवस्थाअनुसार उनलाई प्रशिक्षणमा बोलाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । ‘सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ,’ अध्यक्ष चन्दले भने, ‘सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।’  

सन्दीप एसोसिएट राष्ट्रको प्रमुख खेलाडी भएकाले उनलाई नेपाली टिममा फर्काउनैपर्ने अवस्था रहेको अध्यक्ष चन्दको आशय छ । ‘मानसिक रूपमा दबाब पर्नु स्वाभाविक हो, दबाबलाई हटाएर खेलमा केन्द्रित भए टोलीको हकदार हुनेछन्,’ चन्दले भने, ‘उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।’ 

बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौमा कप्तानबाट निलम्बन गरेको थियो  । ५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबर्जस्तीकरणी गरेको भन्दै उनीविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।  

त्यसबेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए । सन्दीप २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।  





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ७:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया