बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा, उपाधिका लागि रियल मड्रिडसँग भिड्ने

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ तथा अतिरिक्त समयमा २–२ को बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गर्न सफल भए । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले मात्र गोल गरे । उसका जुआनमी र विलियम कार्भाल्हो पेनाल्टीमा चुके ।

साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा ४० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा रियल बेटिसका नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

९३ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । त्यस्तै, १०१औं मिनेटमा रियलका लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

आन्द्रेस गुआरडाडो दोहोरो पहेँलो कार्ड पाएपछि ११८औं मिनेटमा रियल १० खेलाडीमा सेमटिएको थियो । अब उपाधिको लागि बार्सिलोनाले १५ जनवरीमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार ८:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया