लिखित सहमति नभएसम्म निर्वाचनमा सहभागी नहुने नागरिक उन्मुक्तिको अडान

सुदूरपश्चिममा बिहान ११ बजेका लागि बोलाएको बैठक स्थगित गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा सहभागी नहुने अडान लिएपछि बैठक स्थगित भएको हो ।

नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समितिको सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान लिएको छ । बिहिबार भएको सभामुख निर्वाचनमा कसैले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन् । 

प्रदेश सभा सचिवालयले सभा संचालनका सम्बन्धमा कानुनी सल्लाह लिनुपर्ने आवश्यक देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि वैठक स्थगित भएको सूचना जारी गरेको छ । सभामुखका लागि सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट भीमबहादुर भण्डारी र इतरपक्षबाट काँग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ । बिहिबार भएको निर्वाचनमा कसैले पनि बहुमत पुगाउन नसकेपछि पुनः आज बैठक डाकिएको थियो ।

सत्तापक्षको एक मत बदर भएपछि कसैको पनि बहुमत पुगेन । सभामुखमा भण्डारीको पक्षमा २६ मत आउँदा अर्का उम्मेदवार काँग्रेसका मानबहादुर रावलको पक्षमा २३ मत आएको थियो । प्रदेश सभामा ५३ जना सदस्य रहेको भए पनि बिहिबार  भएको निर्वाचनमा ५० मत खसेको थियो । सभामुखको लागि सुदूरपश्चिम प्रदेश सभा सदस्यका २७ जनाको मत आवश्यक पर्छ । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १२:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया