मधेसका मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण
इगवर्नेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् । शुक्रबार दिउँसो मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनियताको शपथ लिएसँगै शहिदद्वार पुगेर शहिदहरूको शालिकमा माल्यार्पण गरेका मुख्यमन्त्री यादवले आजै पदभारसमेत ग्रहण गरेका हुन् । 

जनकपुरधामस्थित शहिदद्वारमा शहिदहरूको तस्विरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका छन् । उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराए ।

पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय गरेका छन् । प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसँग जोड्ने गरि इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको उनले बताए । 

मुख्यमन्त्री यादवले प्रदेशका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्नसमेत निर्देशन दिएका हुन् । 





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १४:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया