पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन्।
दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको बताइएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका छन् ।
निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहात दिने घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।