भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा  १० जनाको मृत्यु  भएको छ । साथै  अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन् ।

दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको हो । ‘आज बिहान यहाँ नासिक–शिर्डी राजमार्गमा वावी पठारे गाउँ नजिकै एउटा मालबाहाक ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी अधिकारीले भनेका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका छन् । निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत दिने घोषणा गरेका छन् ।  





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १७:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया