नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले फागुनमा भारतसँग मैत्रीपूर्ण म्याच खेल्ने भएको हो ।   

एन्फाले फागुन १ देखि १३ गतेसम्म मैत्रीपूर्ण खेलका लागि अखिल भारतीय फुटबल प्रस्ताव गरेको थियो । सो प्रस्ताव स्वीकृत भएको एन्फा प्रवक्ता सुरेश शाहले जनाएका छन् ।

एन्फाले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपाल र भारतले कति म्याच खेल्ने छन् भनेर भने उल्लेख गरिएको छैन । नेपाल र भारतले पछिल्लोपटक ६ महिनाअघि प्रतिस्पर्धा गरेका थिए । 

गत भदौमा काठमाडौंको दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई १–० ले हराएको थियो । नेपालले साफ इतिहासमा पहिलोपटक भारतलाई हराएको थियो ।

सो खेलमा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा उनले डि–बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन् ।  





  • प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार १९:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया