भारतीय टेनिस खेलाडी सानिया मिर्जाले टेनिसबाट सन्यास लिने घोषणा गरेकी छिन् ।
उनले सामाजिक सन्जालमा यो घोषणा गरेकी हुन् । उनले सामाजिक सन्जालमा अष्ट्रेलियन ओपन खेलेपछि आफूले दुबई ओपन खेल्ने र त्यसपछि टेनिसबाट सन्न्यास लिने जानकारी दिएकी हुन् ।
उनले यसका लागि ट्विटरमा एउटा लामो पोस्ट राखेकी छिन् ।
यसलाई उनले लाइफ अपडेटको संज्ञा दिएकी छिन् । उनले यो घोषणा गर्दा आफ्नो आँखामा आँसु आएको मात्र बताएकी छैनन्, अब आफूले छोरालाई समय दिनु पर्ने बढी आवश्यकता रहेको पनि बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।