गण्डकी प्रदेशमा आज चयन हुँदैछन् सभामुख

गण्डकी प्रदेश सभाको सभामुख आज चयन हुने तय भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो ।

प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश सभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्नका लागि शनिबार बैठक बोलाएका हुन् ।

गण्डकी प्रदेशमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई सभामुख दिने सहमति भएको छ । सत्ता गठबन्धनको पक्षमा बहुमत भएकाले माओवादी केन्द्रका उम्मेदवार सभामुख हुने निश्चितजस्तै छ । माओवादीले सभामुखमा कृष्ण धिताललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

पार्टीको संसदीय दलको बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ । सत्तापक्षको बहुमत भएकाले कांग्रेसबाट सभामुखको उम्मेदवार बन्न कसैले पनि आकांक्षा देखाएका छैनन् ।

गण्डकी प्रदेशमा शुक्रबार मात्र मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत  पाएका छन् ।





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार ५:५२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया