पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज न्युजिल्याण्डले जित्यो

घरेलु टोली पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज न्युजिल्याण्डले जितेको छ । गएराति सम्पन्न तेस्रो खेलमा २ विकेटको जित निकाल्दै न्युजिल्याण्डले सिरिज २–१ ले जितेको हो । 

सिरिजको निर्णायक खेलमा पाकिस्तानले दिएको २ सय ८२ रनको लक्ष्य पाहुना टोली न्युजिल्याण्डले ४८.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ग्लेन फिलिप्सले ४२ बलमा चार छक्का र चार चौकाको मद्दतमा अविजित ६३ रन बनाए । 

त्यस्तै, कप्तान केन विलियम्सनले ५३, डेभन कन्वेले ५२, डारियल मिचेलले ३१, फिन एलनले २५, टम लाथमले १६ र मिचेल सान्टनरले १५ रनको योगदान दिए । 

पाकिस्तानका लागि अघा सलमान, मोहम्मद वसिमले दुई/दुई, उस्मा मिर र मोहम्मद नवाजले एक/एक विकेट लिए । त्यसअघि कराँचीस्थित नेसनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनायो । उसका लागि ओपनर फखर जमानले शतकीय पारी खेले । 

१२२ बलको सामना गरेका उनले १० चौका र एक छक्काको सहयोगमा १०१ रन बनाए । त्यस्तै, मोहम्मद रिजवानले ७७, अघा सलमानले ४५ र हरिस सोहेलले २२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

न्युजिल्याण्डका लागि टिम साउथीले तीन, लकी फर्गुसनले दुई, माइकल ब्रेसवेल र इश सोढीले एक/एक विकेट लिए । सिरिजको पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी हुँदा दोस्रो खेल उसले ७९ रनले गुमाएको थियो ।  





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार ८:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया