सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन किन हुन सकेन ?
फाइल तस्बिर

बिहीबार निर्वाचन प्रक्रिया हुँदासमेत बहुमत नपुग्दा सुदूरपश्चमले सभामुख पाउन सकेको छैन । त्यसपछि शुक्रबार हुने भनिएको सभामुख चयन प्रक्रिया स्थगित भएको थियो । पुनः निर्वाचन समय तोक्न शनिबार बिहानबाट सर्वदलीय बैठक सुरु भएको छ । अन्योलमा रहेको सभामुख निर्वाचनको समय निर्धारण गर्न सभाका ज्येष्ठ सदस्य शिवराज भट्टले सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि बिहीबारको बैठकमा सभामुखका उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । तर शुक्रबार भने सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा सभामुख चयन नै अन्योलमा परेको हो ।

 प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ । 

 सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उम्मेदवार छन् । 
  
५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९,  एमालेका दश, माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य रहेका छन् । 





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १२:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया