सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुन: मतदान हुँदैछ । बिहीबार निर्वाचन प्रक्रिया हुँदासमेत बहुमत नपुग्दा सुदूरपश्चमले सभामुख पाउन सकेको छैन । त्यसपछि शुक्रबार हुने भनिएको सभामुख चयन प्रक्रिया स्थगित भएको थियो ।
शनिबार बिहानबाट बसेको सर्वदलीय बैठकले पुनः निर्वाचन गर्न साँझ ६ बजेको समय तोकेको हो । यसअघि बिहीबारको बैठकमा सभामुखका उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । तर शुक्रबार भने सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा सभामुख चयन नै अन्योलमा परेको हो ।
सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी उम्मेदवार छन् । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, एमालेका दश, माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।