बझाङको दुर्गाथली गाउँपालिकाले एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै योग्यता पुगेका स्थानीय विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला गरेको हो । गाउँपालिकाका अनुसार सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
‘आफ्ना गाउमी आफ्नै डाक्टर’ भन्ने उद्देश्यले यही वर्षदेखि पालिकाले दुईजना विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दिलबहादुर थापा तुफानले जानकारी दिए ।
छात्रवृत्ति प्राप्तका लागि चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एकीकृत एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण भएर एमबीबीएस अध्ययनका लागि छनोट भएको हुनुपर्नेछ । छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, एकीकृत एमबीबीएस प्रवेश परीक्षा नतिजाको योग्यताक्रमको सूची, एसईई उत्तीर्ण तथा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र स्थायी बसोवास खुल्ने प्रमाणित कागजात पेस गर्न गाउँपालिका कार्यालयले जनाएको छ ।
विस्तृत जानकारीका लागि हेर्नुस् सूचना :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।