प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । उनले माघ ३ गते सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए ।  

‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ,’ छलफलमा प्रधानमन्त्री प्रचण्डले भने ।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ ।   





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १६:४५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया