प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री रवि लामिछाने बालुवाटार पुगेका हुन् । शनिबार साँझ भएको प्रधानमन्त्री र गृहमन्त्रीबीचको भेटमा मन्त्रिपरिषद् विस्तार, समसामयिक विषयमा छलफल भएको बताइएको छ । 

आज बिहान प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो सम्पादकसँग कुराकानी गरेका थिए । 

सम्पादकसँगको कुराकानीमा उनले मन्त्रिपरिषद् विस्तारमा ओली र आफू सहमति नजिक रहेको बताएका थिए । साथै, उनले माघ ३ गते सर्वदलीय बैठक बोलाउने पनि बताए । 





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १८:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया