कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट युवतीको घटनास्थलमै मृत्यु

कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरको ठक्करले एक युवतीको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका–१ पिपलथलाका नवल मल्लकी २२ वर्षीया छोरी तारा मल्लको बजारबाट घर जाने क्रममा लालपुरमा ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

शनिबार साँझ बजारबाट घर जाने क्रममा उनलाई लालपुरमा ट्याक्टरले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १९:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया