सुदूरपश्चिम प्रदेशसभाले आज पनि पाउन सकेन सभामुख, पुगेन कसैको बहुमत

सभामुखका दुवै उम्मेदवारले बहुमत पाउन नसकेपछि आज पनि सुदूरपश्चिम प्रदेशले सभामुख पाउन सकेन । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार थिए ।

कांग्रेसका उम्मेदवार रावलले आफ्नो पार्टी, नेकपा एकीकृत समाजवादी गरी २२ मत पाए । कांग्रेस र नेकपा एकीकृत समाजवादीका गरी २३ जना सांसद छन् । ज्येष्ठ सदस्य शिवराज भट्टले सभा चलाइरहेको हुँदा उनले मत दिन पाएनन् । जसले गर्दा कांग्रेसका रावलले २२ मत मात्रै पाए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादी चार, राप्रपा र स्वतन्त्रबाट एक/एक सांसद छन् ।

सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्तिले पनि मत दिएको भए माओवादीका भण्डारीको २९ मत हुन्थ्यो । तर, विशेष समयमा बोल्दै नागरिक उन्मुक्तिका प्रमुख सचेतकले आफूहरूको माग सम्बोधन नभएको भन्दै कतै मत नदिने बताएको छ । नागरिक उन्मुक्ति पार्टीले पक्ष र विपक्ष दुवैमा मत दिएनन् । नागरिक उन्मुक्तिको ७ मत नपाउँदा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २२ मत मात्रै पाएका हुन ।

यसअघि बिहीबार पनि दुवै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई मत दिएको थियो । एक मत बदर हुँदा र दुई सांसदले मत दिन नपाएपछि भण्डारी सभामुख हुनबाट चुकेका थिए ।  





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार २०:८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया