म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन, सिटीमाथि सहज जित

इङ्लिस प्रिमियर लिगमा शनिबार साँझ भएको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीमाथि सहज जित हासिल गरेको छ । म्यानचेस्टर डार्बीको यो प्रतिस्पर्धात्मक खेल जिते पनि युनाइटेड अंक तालिकामा सिटीभन्दा पछाडि तेस्रो स्थानमा रहेको छ । 

अब सिटीसँग युनाइटेड १ अंकले मात्र पछाडि रहेको छ । 

शनिबार भएको खेलमा पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् । ६० मिनेटमा गोल गरेर सिटीले अग्रता लिएको थियो । 

तर, यो अग्रतालाई युनाइटेडले लामो समय रहन दिएन । उसले त्यसको १८ मिनेटमा पहिलो गोल गर्यो ।

७८ मिनेटमा पहिलो गोल गरेको युनाइटेडले ८२ औं मिनेटमा अर्को गोल गरेको हो । ७८ मिनेटमा युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरेका थिए भने ८२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल प्रहार गरे ।

जितसँगै युनाइटेडले अंक तालिकामा ३९ अंक पुर्याएको छ ।





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार २१:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया