प्रिमियर लिगमा ब्राइटनसँग लिभरपुल ३–० पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले ब्राइटनसँग ३–० को हार बेहोरेको हो ।

ब्राइटनको जितमा सोली मार्चले दुई र ड्यानी वेल्बेकले एक गोल गरे । खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए । 

५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई दोब्बरको अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३–० को शानदार जित दिलाए ।

योसँगै  सातौं स्थानमा रहेको ब्राइटनले १८ खेलमा ३० अंक जोडेको छ । लिभरपुल १८ खेलमा २८ अंकका साथ आठौं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार ६:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया