प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्‍को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएपछि उनले आकस्मिक बैठक बोलाएका हुन् । 

विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । 

दुर्घटनाको विवरण बुझ्न उनी त्रिभुवन विमानस्थल गएका छन् । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १२:१४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया