पोखरा विमान दुर्घटनाबारे अपडेट लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा आज बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । 

उनीहरूले विमानस्थलको कन्ट्रोल रुममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन् । दुर्घटनाग्रस्त भएको यतिको विमानले आज बिहान १०ः३३ बजे भित्रुवन विमानस्थालबाट उडान भरेको थियो ।

विमानमा चालक दलका चार सदस्य र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६० जना नेपाली र आठजना विदेशी नागरिक थिए । जसमध्ये ६२ जना वयस्क, तीन बालबालिका र तीनजना असक्त भएका व्यक्ति थिए ।





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १२:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया