पोखरा विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न सरकारलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आज बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेकाको प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत जहाज दुर्घटनाले आफू दुःखी भएको र उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु । दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । दुर्घटनाको प्रभावकारी उद्धारका लागि सरकारसँग आग्रह गर्दछु,’ ओलीले भनेका छन् । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १३:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया