प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाहरूप्रति शोक मनाउन सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त आकस्मिक बैठकको निर्णय सुनाउँदै भने, ‘घटनाका प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक विदा दिने निर्णय गवरेको छ ।’
त्यस्तै मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाजबुझ गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने सरकारले निर्णय गरेको छ । उपप्रधानमन्त्री पौडेलका अनुसार विमान दुर्घटनामा परेकाहरुको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान पनि सरकारले सहजीकरण गर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।