विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको निधन

माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि काठमाडौंबाट गएकी नीरा छन्त्याल पनि विमान दुर्घटनामा परेकी छन् । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका छन्त्यालको निधन भएको हो ।

विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरा आउँदैछन् । 

जहाजमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मात्र शव भेटिएको जनाएको छ । शव भेटिएकामध्ये ११ जनाको सनाखन भइसकेको छ ।  





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १७:३२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया