पोखरा विमान दुर्घटना : सबै शव संकलन भइसकेपछि मात्रै पहिचान थालिने

पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव सबै संकलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ ।

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । 

दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६८ जनाको शव सेती खोँचबाट निकालिएको छ । कठिन भौगोलिक अवस्थितिका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १७:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया