यती एयर दुर्घटनाः माछा मार्न गएका स्थानीय वेपत्ता भएको आशंका

काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको स्थानमा केही स्थानीयहरु पनि रहेको र विमान दुर्घटना भएपछि उनीहरु बेपत्ता भएको आशंका गरिएको छ । 

सेतीको खोँचमा माछा मार्न गएका केही स्थानीयहरु पनि रहेको हुनसक्ने आशंका गरिएको हो ।

तर, यसबारे अहिलेसम्म कास्कीको जिल्ला प्रशासन तथा सुरक्षा संयन्त्रले कुनै जानकारी दिएको छैन । 

विमान दुर्घटना भएको स्थानमा पहिले नै केही मानिसहरु रहेको हुनसक्ने अनुमान स्थानीयले गरेका हुन् । 

काठमाडौंबाट पोखराका लागि आइतबार विहान उडान भरेको विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार थिए । यीमध्ये १५ जना विदेशी थिए । 

अहिलेसम्म ६९ जनाको शव भेटिएको छ । ३ जनाको खोजी कार्य नेपाली सेनाले सोमबार विहान सुरु गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार २२:१६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया