यती दुर्घटनाः लो हाइटमा सार्फ टर्न लिएका थिए पाइलटले

आइतबार विहान काठमाडौंबाट दोस्रो उडान भरेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्ने समयको केहीअघि दुर्घटनाग्रस्त भयो । 

चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए, यतीको आरटिआर विमानमा ।

अहिलेसम्म घटनास्थलमा ६९ जनाको शव भेटिएको छ । ३ जनाको खोजी कार्य जारी छ । 

सरकारले विमान दुर्घटनामा परेपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै, सरकारले पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । यो समितिलाई ४५ दिनको समय दिइएको छ ।

आइतबार पोखराको मौसम सफा भएकाले पनि विमान दुर्घटनाबारे अनेक आशंका उब्जिएका छन् । विमानमा प्राविधिक समस्या भएको विषयमा विमानका पाइलट कमल केसीले पोखरा विमानस्थलको टावरलाई केही पनि बताएका थिएनन् । यसले गर्दा यो विमान किन दुर्घटनामा परेको हो भन्नेबारे विज्ञहरु नै दोधारमा परेका छन् ।

विमानले पहिले रनवे ३० पाएको थियो तर पाइलट केसीले रनवे १२ को माग गरेका थिए । यही कारणले विमानले नयाँ सार्फ टर्न लिएको हुनसक्ने अनुमान पनि आएका छन् ।



त्यसरी सार्फ टर्न लिँदा यो विमान खासै उचाइमा नभएकाले सन्तुलन गुमाएर दुर्घटना भएको हुनसक्ने अनुमान विज्ञहरुले गरेका छन् ।



  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार २२:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया