पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार बिदा दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा आज बिदा दिने निर्णय गरेको हो । साथै, सो बैठकले आज राष्ट्रिय झण्डा झुकाउने निर्णयसमेत गरेको थियो ।
घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको हो ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९–एन–एनएसी विमान पोखराको सेती खोँचमा दुर्घटना भएको थियो ।
विमानमा चालक दलसहित ७२ जना सवार थिए । जसमध्ये अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । दुर्घटनामा परेका चारजना अझै फेला पर्न सकेका छैनन् । उनीहरूको आज बिहानैदेखि खोजी कार्य भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।