मेस्सी, नेयमार र एम्बाप्पे सहभागी खेलमा पिएसजी पराजित

फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) रेनेससँग पराजित भएको छ । लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे सहभागी गएराति सम्पन्न खेलमा पिएसजी रेनेससँग १–० गोल अन्तरले पराजित भएको हो । 

पिएसजीको यो हारले उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । शीर्ष स्थानको पिएसजी र दोस्रोको लेन्सबीचको अन्तर अब तीन अंक मात्र छ ।  

पिएसजीविरुद्धको खेलमा रेनेसलाई जित दिलाउन कप्तान हामरी ट्राओरले ६५ औं मिनेटमा निर्णायक गोल गरे । खेलको ६९ औं मिनेटमा सब्स्टिच्युट केलियन एमबाप्पेले गोल गर्ने मौका गुमाउँदा पिएसजीले खेलमा फर्कन सकेन ।

एम्बाप्पेको उत्कृष्ट प्रहार बारमा लागेको थियो । अहिलेसम्म पिएसजीले १९ खेलबाट ४७ अंक जोडेको छ । लेन्सको समान खेलबाट ४४ अंक छ । शनिबार अक्सरेलाई १–० ले हराउँदै लेन्सले १९ खेलबाट ४४ अंक जोडेको हो ।

मार्सेलो ४२ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको मोनाकोको ३७ अंक छ । गोल अन्तरका कारण समान अंक भए पनि रेनेस पाँचौं स्थानमा छ ।
 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ८:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया