पोखरा विमान दुर्घटनामा पर्वतका १० जनाको मृत्यु

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा परी कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा–९ का अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उनका छोरा १० महिने रिहान पौडेलको मृत्यु भएको हो ।

त्यस्तै, मोदी गाउँपालिका–१ भुकताङ्लेका  विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्माको पनि जहाज दुर्घटनामा मृत्यु भएको छ । 

शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी गरी चारजनाको मृत्यु भएको हो । उनीहरू यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए । 

दुर्घटनामा मृत्यु भएका कुश्मा–९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ की प्रसिद्धि पौडेल विद्यालय बिदा भएपछि आफन्त भेटघाट गर्न आउँदै थिए । उनीहरू जन्मघर पर्वत आउने क्रममा दुर्घटनामा परेका हुन् ।  

पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ९:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया