चीनले गर्‍यो १४ नयाँ उपग्रह प्रक्षेपण

चीनले लङमार्च टु डी रकेकबाट १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उक्त रकेट उत्तरी चीनको शान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट आइतबार अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।  

किलु–२ र किलु–३ लगायतका उपग्रहहरू आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका छन् । ‘अप्टिकल इमेजिङ’ उपकरणसहतिका ती उपग्रहले पृथ्वी वस्तुस्थितिबारे जानकारी दिनेछन् । तिनीहरूबाट पूर्वी चीनको शानडोङ प्रान्तलाई भूमि सर्वेक्षण, कृषि, वन, वातावरण संरक्षण र विपद् रोकथाम र न्यूनीकरणका लागि ‘रिमोट सेन्सिङ’ सेवा  प्राप्त हुनेछ । 

लङ मार्च टु डी रकेट चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनको सहायक कम्पनी साङ्घाई  एकेडमी अफ स्पेसफ्लाइट टेक्नोलोजीले निर्माण गरेको हो ।  

लङ मार्च रकेट शृङ्खलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो ।   





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ९:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया