पोखरा विमान दुर्घटनाको शोकमा मधेस प्रदेश सभा बैठक स्थगित

सोमबार बस्ने भनिएको मधेस प्रदेश सभा बैठक स्थगित भएको छ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बैठक स्थगित गरिएको मधेस प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।  

प्रदेश सभा बैठकबाट सभामुखको निर्वाचन गर्नुका साथै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो । स्थगित गरिएको प्रदेश सभा बैठक मंगलबार बस्ने सचिव यादवले जानकारी दिए ।

मंगलबारको बैठकमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दिउँसो १ बजे विश्वासको मत लिने र सभामुखको निर्वाचनसमेत गर्ने कार्यसूची तय गरिएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १०:५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया