आज पनि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ । 

आइतबार सुन प्रतितोला ११ सय रुपैयाँले बढेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १४ सय पुगेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ११:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया