मोटरसाइकल दुर्घटनामा परेर दाङमा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१६ लेटार बस्ने २१ वर्षीय  सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । 

आज बिहान सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घटना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए । उनीहरूको राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार ११:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया