दुर्घटनाग्रस्त यती एयरको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

आइतबार बिहान पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको जानकारी दिए । ‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो,’ निरौलाले भने । 

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको विमान दुर्घटना भएको थियो । विमानमा सवार कुल ७२ जनामध्ये अहिलेसम्म ६८ जनाको शव भेटिएको छ । हराइरहेका चार जनाको खोजीकार्य जारी छ ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १२:११:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया