प्रधानमन्त्री प्रचण्ड भन्छन् - मन्त्रालयको भागवण्डा आजै टुंगिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् । बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेको प्रश्नको जवाफमा प्रचण्डले आजै टुंगिने बताएका हुन् ।

ओली निवासमा भएको ‘लन्च मिटिङ’मा मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचन लगायतको बारेमा छलफल भएको बताइएको छ ।  





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १५:३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया